सर्लाहीको फरार प्रतिवादी पेस्तोलसहित पक्राउ

काठमाडौँ, असोज २९ गते ।

सर्लाहीको बागमती नगरपालिका–१ बाट कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी पेस्तोलसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–१ बस्ने ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

उनको साथबाट २ थान पेस्तोल, ३ थान म्यागजिन र गोली १५ राउन्ड बरामद भएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको