नारायणी नदीमा आमा–छोरा डुबेर बेपत्ता, छोरीको उद्धार

चितवन, असोज २९ गते ।

नारायणी नदी किनारमा खुट्टा धुन गएका आमा छोरा डुबेर बेपत्ता भएका छन् ।

भरतपुर महानगरपालिका वडा नं. १ पशुपति मन्दिर पछाडि खुट्टा धुन भन्दै गएका खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१२ मुनालचोकस्थित बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रशिद्ध पौडेल बेपत्ता भएका हुन् ।

उनकी ११ वर्षीया छोरी प्रसिद्धी पौडेललाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वडा प्रहरी कार्यालय नारायणगढले विपद् उद्धार टोलीसँग समन्वय गरेर छोरी प्रसिद्धीलाई उद्धार गर्न सफल भए पनि आमा र छोरा भने नदीमा नै बेपत्ता छन्।

बेपत्ता सिर्जना र उनका छोरा प्रसिद्धको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको