दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते

जनकपुरधाम, कार्तिक १ गते ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरिया पुलमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार शनिबार राति करिब १० बजे पौडेश्वरबाट तेतरियातर्फ आउँदै गरेको ज ११ प ३०५८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको म।प्र।०२–००९ प ११५७ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा ज ११ प ३०५८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम–१७ निवासी सुजित यादवको मृत्यु भएको हो । प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा उनको मृत्यु भएको डीएसपी खनालले बताए ।

सोही मोटरसाइकलमा सवार स्थानीय २५ वर्षीय बलराम यादव घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको र प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको