महाष्टमीः माता महागौरीको विशेष पूजा गरि मनाइदैँ

काठमाडौं, कार्तिक २ गते ।

नवरात्रको आठौँ दिन, महाष्टमीका दिन, दुर्गा भवानीका नौ रूपमध्ये अष्टम स्वरूप माता महागौरीको विशेष पूजा आराधना गरिन्छ। यस दिनको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्त्व धेरै ठूलो छ ।

पौराणिक कथानुसार जब माता पार्वतीले भगवान शिवलाई प्राप्त गर्नका लागि कठोर तपस्या गरेकी थिइन । तब उनको शरीर घाम, वर्षा र तुसारोका कारण कालो भएको थियो। उनको कठोर तपस्याबाट प्रसन्न भएर भगवान शिवले गङ्गाको पवित्र जलले उनको शरीरलाई अभिषेक गरे । त्यसपछि माताको शरीर बिजुलीझैँ चम्किलो र अत्यन्त गोरो भयो, तबदेखि उनको नाम महागौरी रहन गयो ।

माता महागौरीको शरीरको वर्ण पूर्णतया सेतो छ (शङ्ख, चन्द्रमा र कन्दफूलजस्तो सेतो)। उहाँका वस्त्र र आभूषण पनि सेता नै छन्, त्यसैले उहाँलाई ुश्वेताम्बरधराु पनि भनिन्छ। माता महागौरीको वाहन वृषभ (साँढे) हो ।

माताका चार हात छन्। उनको माथिल्लो दाहिने हातमा अभय मुद्रा र तल्लो दाहिने हातमा त्रिशूल छ। माथिल्लो बायाँ हातमा डम्बरु र तल्लो बायाँ हातमा वर मुद्रा सुशोभित छ। उनको वर्ण अत्यन्त गोर वर्णको ९सेतो० भएका कारण उहाँलाई महागौरी भनिएको हो।

महाष्टमीको दिन बिहान सबेरै उठी स्नान गरी चोखो, सेतो वा रातो वस्त्र धारण गर्नुपर्छ। माताको मूर्ति वा तस्बिरलाई राखेर पूजास्थलमा कलश स्थापना गरी गणेश र नवग्रहको पूजा गरिन्छ। त्यसपछि माता महागौरीको षोडशोपचार विधिले पूजा गर्नुपर्छ। माता महागौरीलाई विशेष गरी नरिवल, फलफूल, बतासा र मिठाई चढाउने प्रचलन छ। साथै, उनलाई हलुवा, पुरी र चनाको भोग पनि अति प्रिय मानिन्छ।

विशेष मन्त्रः पूजाका बेला तलको मन्त्र जप गर्दा विशेष फल प्राप्त हुन्छ ः

ॐ देवी महागौर्यै नमः
अथवा
या देवी सर्वभूतेषु माँ महागौरी रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

महाष्टमी र महानवमीको दिन धेरै हिन्दू धर्मावलम्बीहरूले कन्या पूजन पनि गर्ने गर्दछन् । २ वर्षदेखि १० वर्षसम्मका कन्याहरूलाई माता दुर्गाको स्वरूप मानेर उनीहरूको खुट्टा धोएर पूजा गरिन्छ, टीका लगाइन्छ र भोजन (प्रसाद) तथा दक्षिणा दिएर सम्मान गरिन्छ।

माता महागौरीको आराधना गर्नाले भक्तहरूको जीवनका सबै पाप नाश हुन्छन् र अलौकिक शक्तिको प्राप्ति हुन्छ। उनले भक्तहरूको असम्भव जस्तो देखिने काम पनि सम्भव बनाइदिनुहुन्छ र सुख, शान्ति, आरोग्य तथा समृद्धिको वरदान दिनुहुन्छ। अविवाहित कन्याहरूले महागौरीको व्रत बसी पूजा गरेमा मनपर्ने सुयोग्य जीवनसाथी प्राप्त हुने धार्मिक विश्वास छ। न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको