स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, कार्तिक ८ गते ।

उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका–११ संगम टोलस्थित सडकमा ईनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र।३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५२ वर्षीय राम बहादुर कार्की रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

स्कुटर चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको