जनकपुर बोल्ट्सको पहिलो जित

काठमाडौं, कार्तिक १२ गते ।

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनअन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो ।

जनकपुरका लागि मोइन अलिले अविजित ५८ रन बनाए । उनलाई सैफ हसनले ४० रन बनाएर साथ दिएका थिए ।

यसअघि टस जितेर ब्याटिङमा ओर्लिएको काठमाडौंले १९.३ ओभरमा १० विकेटको क्षतिमा ११५ रन बनाएको थियो । काठमाडौंलाई सस्तैमा समेट्न जनकपुरका युवा बलर चार विकेट लिएका थिए । न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको