डेनमार्क र नेपालको सांगीतिक सहकार्यमा आकाश सिग्देलले ल्याए ‘मायालुले’

काठमाडौं, कार्तिक १२ गते ।

नेपाल र डेनमार्कका कलाकार तथा प्राविधिकहरूको संयुक्त सहकार्यमा तयार पारिएको नयाँ गीत ‘मायालुले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक आकाश सिग्देलको आफ्नै शब्द, संगीत र स्वर रहेको यो गीत प्रवासमा रहेर नेपाली सांगीतिक क्षेत्रमा गरिएको सिर्जनात्मक प्रयास हो।

कुन्ता न्यौपाने सिग्देल निर्माता रहेको यस म्युजिक भिडियोको छायांकन डेनमार्कको कोपनहेगनमा गरिएको छ। रजनीश चौधरीको निर्देशनमा तयार भएको भिडियोमा कोपनहेगनमै रहेका नवकलाकारहरू प्रदीप्ति पोखरेल, टाइगर सुवेदी र सबित काफ्लेको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन विकल थापा तथा सम्पादन र रङ संयोजन रिषन महर्जनले गरेका हुन्।

सांगीतिक प्राविधिकतातर्फ, गीतको स्वर रेकर्डिङ तथा ध्वनि व्यवस्थापन डेनमार्कस्थित एआरके रेकर्डिङ स्टुडियोमा क्रिस्टियन डाल्सगार्डले सम्हालेका हुन्। गीतको संगीत उत्पादन भने पोखरास्थित क्रेजी स्टुडियोमा गरिएको हो।

गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ विनोद रसाइलीले गरेका हुन्। वाद्यवादनतर्फ सुमन तामाङ गितार, नगेन्द्र विक्रम राई बाँसुरी, बोबी दियाली भायोलिन, आशिम गुरुङ बेस गितार र गुप्ता गुरुङ ड्रम्सको सांगीतिक योगदान रहेको छ। न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको