पत्रकार शोभराज बराल पक्राउ

काठमाडौं, कार्तिक १३ गते ।

प्रहरीले शुक्रबार अर्का पत्रकार शोभराज बराललाई पनि नियन्त्रणमा लिएको खुलेको छ । मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई दिउँसो प्रहरीले नियन्त्रणमा लिएको खुलेको हो ।

उनलाई पनि सादा पोशाकका पुगेका व्यक्तिहरूले बिजुलीबजारस्थित मोटिभेट न्युजको कार्यालयमा पुगेर उनलाई नियन्त्रणमा लिएर लगेको श्रमजीवी पत्रकार महासंघका अध्यक्ष जन्मदेव जैसीले जानकारी दिए ।

आजै नेपालप्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर लगेको छ भने पत्रकार नवराज मैनालीलाई खोज्दै नयाँ पत्रिकाको कार्यालय पुगेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको