पत्रकार माथिको धरपकड प्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडौं, कार्तिक १३ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न संचारमाध्यमका पत्रकार तथा संचारकर्मीहरूलाई सोधपुछ, धरपकड तथा पक्राउ गरिएको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले एक जानकारी साझा यस विषयमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन् । संविधानप्रदत्त मौलिक अधिकारको रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पार्टी सधैं प्रतिबद्ध र जिम्मेवार रहेको उनले स्पष्ट पारेका छन् ।

समाचार प्रकाशन वा प्रसारणकै विषयलाई लिएर कुनै पनि पत्रकार वा संचारकर्मीलाई गैरकानूनी रूपमा पक्राउ गर्न नमिल्नेमा रास्वपा स्पष्ट रहेको वक्तव्यमा उल्लेख छ । साथै, कानुनविपरीतका गतिविधि वा गुनासो भएमा न्यायको खोजी गर्ने अन्य कानुनी बाटोहरू खुला रहेकाले ती विधिलाई मात्र अवलम्बन गर्न पार्टीले आग्रह गरेको छ । न्यूजकारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको