अश्लील भिडियो सञ्जालमा राखेको आरोपमा कलाकार खगेन्द्र पक्राउ

सुर्खेत, कार्तिक १६ गते । 

कालिकोटबाट कलाकारिता क्षेत्रमा जमेका तिलागुफा नगरपालिका(३ निवासी ३७ वर्षीय खगेन्द्र न्यौपाने काठमाडौंबाट पक्राउ परेका छन् ।

कालिकोटकै एक युवतीले दिएको जाहेरीका आधारमा उनलाई काठमाडौं प्रहरी र कालिकोट प्रहरीको संयुक्त टोलीले आइतबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी बरमा यादवले जानकारी दिए ।

‘विहीबार ती युवतीले साइबर क्राइमअन्तर्गत जाहेरी दिनुभएको थियो,’ उनले भने, ‘उक्त जाहेरीअनुसार न्यौपानेलाई काठमाडौंको डेराबाटै नियन्त्रणमा लिएका हौँ । उनलाई कालिकोट ल्याउने तयारी भइरहेको छ ।’

यादवका अनुसार सामाजिक सञ्जालमा न्यौपानेले ती युवतीको अश्लिल भिडिओ सार्वजनिक गरेको युवतीले जाहेरीमा दाबी गरेकी छिन् । उनलाई काठमाडौंबाट कालिकोट ल्याइसकेपछि म्याद थप गर्ने र त्यसपछि अनुसन्धान गर्ने उनको भनाइ छ । न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको