४१५ रुपैयाँको खानेतेल किनेका गौरीशंकरले जिते १० लाख रुपैयाँ

काठमाडौं, कार्तिक १६ गते ।

४१५ रुपैयाँको सामान किनेका धनुषाका एक युवकले १० लाख रुपैयाँको उपहार जितेका छन् ।

धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँको उपहार जितेका हुन् ।

उनले यही कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका थिए । उनले ई–सेवाबाट रकम भुक्तानी गरेका थिए ।

आज आन्तरिक राजश्व विभागले विजेताको नाम घोषणा गर्दा पण्डितले १० लाख रुपैयाँ जितेका हुन् ।

अनलाइनखबरसँग कुरा गर्दै पण्डितले १० लाखको बिजेता बन्दा अत्यन्त खुसी लागेको बताउँदै सामान किन्दा अनिवार्य बिल लिनुपर्ने बानी बसाल्न सबैलाई अनुरोध गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको