काठमाडौं, कार्तिक १७ गते ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा.मिनेन्द्र रिजालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर हुने भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार इटहरीस्थित ‘रिजाल क्यानिङ कम्पनी’ को जग्गा मन्त्रिपरिषद्को निर्णय गराई जग्गा साटासाटको बहानामा कानुनी सीमाभन्दा बढी बिक्री गरेको आरोपमा नेपालसहित अन्य व्यक्तिहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
विशेष अदालतका सूचना अधिकारी पार्वती हितनले भनिन्, ‘जग्गाको हदबन्दीसम्बन्धी विषयलाई लिएर नेपाल र अन्य प्रतिवादीहरूलाई समेट्दै भ्रष्टाचार मुद्दा दायर गरिएको छ। हाल यससम्बन्धी प्रमाणीकरणको काम भइरहेको छ।
यसअघि पनि पतञ्जलीलाई कानुनी सीमाभन्दा बढी जग्गा बिक्री तथा वितरण गर्न अनुमति दिएको आरोपमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ। न्यूज कारखाना








