गगन थापा र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

काठमाडौं, कार्तिक १९ गते ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ।

काठमाडौंको द्वारिकाज होटलमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल–भारत सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो।

त्यसअघि भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए।

दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव मिश्री स्वदेश फर्किएका छन्। एभरेष्ट न्यूज एजेन्सी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको