काठमाडौँ, कार्तिक १९ गते ।
जग्गा नामसारी गराउन घुस लिएको आरोपमा सर्लाहीको भूमि प्रशासन कार्यालयका नायव सुब्बा निर्मल तिमलसिनालाई पक्राउ गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले तिमलसिनालाई नियन्त्रणमा लिएको हो। उनले जग्गा नामसारी गराउन एक लाख घुस लिएको अख्तियारको आरोप छ।
उनले घुस लिएको भनिएको एक लाख रुपैयाँ पनि अख्तियारको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्। उनलाई विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको न्यौपानेले जानकारी दिए। एभरेष्ट न्यूज एजेन्सी








