तिहार बिदामा आयल निगमको डिपो खुला रहने

काठमाडौं, कार्तिक २० गते ।

पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ ।

उपभोक्ताको हितलाई ध्यानमा राखी स्थानीय आवश्यकताका आधारमा विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलका डिपो तथा प्रादेशिक कार्यालय खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको