राष्ट्रपतिसमक्ष भारतसहित तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं, कार्तिक २० गते ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन राजदूतले पदीय ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहका बीचमा भारतसहित तीन देशका राजदूतले राष्ट्रपति पौडेलसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र पेस गर्नेमा नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला, लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत विथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगुएल छन् ।

उनीहरूमध्ये भारतीय राजदूत दलेला आवासीय राजदूत हुन् भने लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत जायाभोङ र पानामाका राजदूत मिगुएल गैरआवासीय राजदूत हुन् ।

राष्ट्रपति कार्यालयमा सम्पन्न समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति थियो ।

नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको