२६ हजार बढी बोट अवैध गाँजाका बोट नष्ट

उदयपुर, मंसिर ९ गते ।

उदयपुरमा चालु आर्थिक वर्ष २०८३/८४ मा प्रहरीले साढे २६ हजार बढी बोट अवैध गाँजाका बोट नष्ट गरेको दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइहरूले जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरी उक्त परिमाणमा गाँजाका बोट नष्ट गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले मंसिर ९ गते सार्वजनिक गरेको विवरणअनुसार जिल्लाका कटारी, बेलका, लिम्चुङबुङ र ताप्ली क्षेत्रका नौ स्थानमा गाँजा खेतीविरुद्ध अभियान सञ्चालन गरिएको थियो ।

प्रहरीका अनुसार सबैभन्दा बढी कटारी नगरपालिकाका विभिन्न स्थानबाट १४ हजार ५२० बोट गाँजा नष्ट गरिएको छ । त्यस्तै, बेलका नगरपालिकाबाट ९ हजार ४५०, लिम्चुङबुङ गाउँपालिकाबाट एक हजार ९५० र ताप्ली गाउँपालिकाबाट ७५० बोट गाँजा फडानी गरिएको छ ।

कटारी नगरपालिकाको मर्जेतपुर, बलोटे, आहाले, टाँटरी, सेउर्नेनी, बबला, भट्टाबारी र कालिखोलालगायत क्षेत्रमा गाँजा खेती नष्ट गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, बेलका नगरपालिकाको पावला, तिलितले, खमारे, म्युङटार, पिल्लास र केक्रा क्षेत्रमा पनि अभियान सञ्चालन गरिएको थियो ।

जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजा खेती नियन्त्रण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको