सुनको भाउ तोलामा ६ हजार ५ सय घट्यो

काठमाडौं, मंसिर ९ गते ।

बुधबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा १०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी आज ३०४० रुपैयाँमा झरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको