मधेश प्रदेशमा बिहानैदेखि जेनजी प्रदर्शन

पब्लिक सन्देश 
गौशाला, भदौ २४ गते ।

मधेश प्रदेशका जिल्लाहरूमा नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

मधेश प्रदेशको राजधानी जनकपुरधाम, ढल्केभर, सिराहाको लहान, महोत्तरीको बर्दिबास बाराको कलैया, वीरगञ्ज लगायतको स्थानमा युवाहरूले बिहानैदेखि प्रदर्शन जारी छ ।

प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर सोमवार १९ जना युवाको ज्यान गएपछि आक्रोशित बनेका जेनजीहरूले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनलाई मध्यनजर राखेर स्थानीय प्रशासनले वीरगञ्जमा कार्फ्यू समेत लगाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको