प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिए

काठमाडौँ, भदौ २४ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको छ । उनले आज पदबाट राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।

हिजो सोमबारदेखि काठमाडौँलगायत मुलुकभर भएको ‘जेनजी’को प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण उनले पदबाट राजीनामा दिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत भएका ओली पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बनिएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको