काठमाडौं, भदौ २५ गते ।
ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुकी छोरी गंगा दाहालको घरमा शव फेला परेको छ ।
मंगलबार भएको प्रदर्शनको क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो ।
आगोमा परी एक जना जलिसकेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार शव पुरूषको हो । तर शव पहिचान हुनसकेको छैन ।
‘शव पुरूषको हो । घरका सदस्य हो, जस्तो लाग्दैन,’ उनले भने, ‘अहिले मुचुल्का गर्न टोली पठाएका छौं ।’ सेतोपाटी








