कांग्रेस उपसभापति खड्काद्वारा एमाले पार्टी कार्यालयको अवलोकन

गौशाला, असोज १ गते ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगजनीले ध्वस्त भएको नेकपा एमालेको पार्टी कार्यालयको निरीक्षण गरेका छन् ।

बुधबार दिउँसो ललितपुरको च्यासलस्थित एमाले मुख्यालय रहेको भवनमा पुगेका उपसभापति खड्काले आगजनीबाट भएको क्षतिको निरीक्षण गरेका हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले एमाले पार्टी कार्यालय तोडफोड गर्दै आगजनी गरेका थिए ।

आगजनी र तोडफोडले एमाले मुख्यालय पूर्ण रुपले क्षतिग्रस्त भएको छ ।

यस्तै, बुधबार नै उपसभापति खड्का ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयको निरीक्षणमा गएका थिए ।

प्रदर्शनकारीले कांग्रेसको पार्टी कार्यालय पनि तोडफोड र आगजनी गरेका ध्वस्त बनाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको