सिरहा : राष्ट्रिय परिचयपत्र वितरण सुरु, राहदानी सेवा अझै बन्द

सिरहा, असोज ६ गते ।

जेनजी पुस्ताको प्रदर्शनका क्रममा तोडफोड भएपछि ठप्प भएको इलाका प्रशासन कार्यालय लहानको सेवा क्रमशस् सञ्चालन हुँदै गएको छ । कार्यालयले आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सेवा पुनस् सुरु गरेको छ ।

कार्यालयका प्रमुख वेदनिधि खनालका अनुसार प्रदर्शनकारीहरूले लुटेर लगेको क्यामेरा फिर्ता भएकाले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा पुनस् सञ्चालनमा ल्याइएको हो । तर, राहदानी सेवा भने अझै सुरु हुन सकेको छैन । प्रदर्शनका क्रममा राहदानी सेवाको ‘स्क्यानर मेसिन’ र क्यामेरा फुटाइएकाले वैकल्पिक व्यवस्था नहुँदासम्म राहदानी सेवा बन्द नै रहने कार्यालयले जनाएको छ ।

‘केही दिनमा नै काठमाडौँबाट नयाँ उपकरण आउनेछ, त्यसपछि राहदानी सेवा पनि सुरु गर्नेछौँ,’ प्रमुख खनालले बताए । यसअघि, कार्यालयले असोज १ गतेदेखि नागरिकता वितरण सेवा पुनस् सुरु गरिसकेको थियो ।

सेवा सञ्चालन गर्न कार्यालय मर्मत–सम्भारको काम समेत क्रमश: अगाडि बढाइरहेको छ । प्रमुख खनालका अनुसार आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुन नदिए पनि तोडफोडका कारण करिब रु १५ लाख बराबरको क्षति पुगेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको