इलाम : बाढी र पहिरोमा परेर १८ जनाको मृत्यु

इलाम, असोज १९ गते ।

निरन्तर वर्षापछि आएको बाढी, पहिरोले इलाममा ठुलो मानवीय क्षति पुर्‍याएको छ । इलामका ६ ठाउँमा बाढीपहिरोमा परेर १८ जनाको मृत्यु भएको छ ।

डम्बर बहादर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको हो । सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घरमा पहिरो खस्दा घर भित्रबाट ४ वटा शव फेला पारेको सशस्त्र प्रहरी बलका सूचना अधिकारी शैलेन्द्र थापाले जानकारी दिए । क्षेत्रीको घरबाट उद्धार गरेर उपचारको लागि लैजाँदै गर्दा १ जनाको बाटोमा नै मत्यु भएको छ ।

त्यसैगरी सन्दकपुर गाउँपालिका–१, छाँगेमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

माइजोगमाई गाउँपालिका–६, प्याङमा एकैघरका पाँच जना बेपत्ता भएको सशस्त्र प्रहरीका सूचना अधिकारी डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एक बालिका घरसहित बेपत्ता भएकी छन् ।

त्यस्तै, माङ्सेबुङ गाउँपालिकामा एक गर्भवती महिला र एक पुरुष गम्भीर घाइते भएका छन् । देउमाई नपा ५ धारे १ जना मृत्यु भएका छ भने देउमाई नगरपालिका–५ धुसुनेमा दुई जना जनाको मृत्यु भएको छ ।

त्यस्तै फाकफोकथुम गाउँपालिका ३ रातमाटे १ जना मृत्यु भएको छ । इलाम नगरपालिका ५ ‍घोसगाउ ६ जना मृत्यु भएको छ । खबरहब


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको