पेट्रोलियम पदार्थको मूल्यो घट्यो

काठमाडौँ, वैशाख १८ गते ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार अहिले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । जसअनुसार पेट्रोलको मूल्य रु दुई, डिजेल र मट्टितेलको रु एक घटेको छ ।

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य रु एक घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको