पब्लिक सन्देश
गौशाला, कार्तिक २८ गते ।
महोत्तरीको गौशालास्थित गौशाला पब्लिक स्कूलमा साइन्स इनोभेशन फेस्ट २०८२ भव्य रूपमा सम्पन्न भएको छ ।
गौशाला नगरपालिका–५ मा रहेको स्कूलमा बिहिबार कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूले आफ्ना नवीन र आकर्षक परियोजनाहरू प्रस्तुत गर्दै विद्यालयलाई विज्ञान र प्रविधिको उज्यालो रंगमा रंगाएका थिए ।
कार्यक्रमको उद्घाटन विद्यालयका प्रधानाध्यापक मिथिलेश राउत र अध्यक्ष ज्ञानेन्द्र प्रसाद गुप्ताले संयुक्त रूपमा गरेका थिए ।
“आजको नवप्रवर्तन, भोलिको दिगो भविष्य” नारा दिइएको फेस्टमा ६० भन्दा बढी विद्यार्थीहरूले परियोजना प्रदर्शन गरेका थिए । जसमा सौर्य ऊर्जा, फोहोर व्यवस्थापन, पुनःप्रयोग गर्न सकिने सामग्री र वातावरण संरक्षणसँग सम्बन्धित सिर्जनात्मक कामहरू समावेश थिए ।
कार्यक्रममा “फ्यूचर टेक जोन” प्रदर्शनी विशेष आकर्षणको केन्द्र बन्यो । जहाँ विद्यार्थीहरूले सौर्य कार, मिनी रोबोट, र स्वतः बत्ती प्रणाली प्रदर्शन गरेका थिए । निर्णायक मण्डलले विद्यार्थीहरूको नवीन सोच, सिर्जनशीलता र वैज्ञानिक ज्ञानको प्रशंसा गरेका थिए ।
कार्यक्रममा कार्बन उत्सर्जन मापन र नियन्त्रण गर्ने सरल प्रविधि प्रस्तुत गर्दै “टिम कार्बन भेरिफिकेशन ९त्भबm ऋबचदयल ख्भचषष्अबतष्यल०” ले पहिलो स्थान हात पा¥यो । यस्तै, “टिम सोलार सिस्टम एण्ड गोबर ग्यास ९त्भबm क्यबिच क्थकतझ बलम न्यदबच न्बक०” ले दोस्रो स्थानमा रहयो । उसले सौर्य ऊर्जा र जैविक ग्यास संयन्त्रको उत्कृष्ट नमूना प्रदर्शन गरेको थियो ।








