गृहमन्त्री अर्यालसँग मधेशकी गृहमन्त्री अन्सारीको भेटवार्ता

काठमाडौं, मंसिर १२ गते ।

मधेश प्रदेशकी गृह, कानुन तथा सञ्चार मन्त्री विमला अन्सारी र गृहमन्त्री ओमप्रकाश अर्यालबी भेटवार्र्ता भएको छ ।

भेटमा मधेश प्रदेशको समग्र शान्ति–सुरक्षा, अपराध नियन्त्रण, र प्रदेश–सङ्घीय सुरक्षा समन्वयलाई थप मजबुत बनाउने विषयमा गहन छलफल भएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री अर्यालले मधेश प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै संघ र प्रदेशबिचको सहकार्यलाई अझ बलियो बनाइने विश्वास दिलाए ।

यसै सन्दर्भमा, उनले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने सरकारको अटल प्रतिबद्धता पनि व्यक्त गरे । साथै, उनले प्रदेशको सुरक्षा व्यवस्थापनमा सहजता ल्याउन प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियालाई शीघ्रता दिइने आश्वासन पनि दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको