मधेसका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सर्वोच्चको आदेश

काठमाडौँ, मंसिर १५ गते ।

सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको छ ।

सोमबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न परमादेश जारी गरेको हो ।

गैरसंवैधानिक ढंगले यादवको नियुक्ति भएको भन्दै ७३ जना सांसदहरूले पेश गरेको रिट निवेदनमा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको