महोत्तरीको मटिहानीमा स्वास्थ्य स्वयं सेविका दिवस मनाइयो

पब्लिक सन्देश 
गौशाला, मंसिर १९ गते ।

महोत्तरीको मटिहानीमा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवस मनाइएको छ ।

शुक्रबार “स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको योगदान” भन्ने मूल नाराका साथ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवस–२०८२ मनाइएको हो ।

स्वस्थ समुदायको निर्माणमा निरन्तर समर्पित महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको योगदानलाई सम्मान गर्न नगरपालिकाले विशेष कार्यक्रम गरी नगर प्रमुख हरि प्रसाद मण्डलले स्वास्थ्य स्वयं सेविकाहरुलाई झोला प्रदान गरेका छन् ।

महिला स्वास्थ्य स्वयं सेविकाहरूले गाउँ–गाउँमा पुर्‍याउँदै आएका स्वास्थ्य सेवा, जनचेतना अभियान र समुदायको जीवनस्तर सुधारमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको नगर प्रमुख मण्डलले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, स्वास्थ्य संयोजक पवन कुमार मण्डल, शाखा प्रमुखहरु, स्वास्थ्यकर्मीहरू लगायतका सहभागिता रहको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको