नयाँ ढङ्गले मल कारखाना खोलिने छ : प्रधानमन्त्री

काठमाडौँ, वैशाख २८ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढङ्गले मल कारखाना स्थापना बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढङ्गले कारखाना खोलिने बताएको हो । उहाँले नयाँ विधिबाट फोहरमैला व्यवस्थापनको कुरा सोचिरहेको जानकारी पनि दिए ।

प्रधानमन्त्री ओलीले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा अन्तरराष्ट्रिय रुपमा नेपाल ‘ग्रे लिष्ट’मा पर्नुु अघिल्लो सरकारको कमजोरी भएको स्पष्ट गर्नुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको