अपहरणमा परेकी सात वर्षीया बालिकाको उद्धार

सुनसरी, चैत २१ गते ।

सुनसरीको कोशी गाउँपालिका–७ स्थित मुसहरी टोलबाट अपहरणमा परेकी एक सात वर्षीया बालिकालाई प्रहरीले उद्धार गरेको छ ।

बुधबार दिउँसो आफ्नै घर अगाडि खेल्ने क्रममा अपहरणमा परेकी बालिकाको आज उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

खेलिरहेकी बालिकालाई अपरिचित मानिसले सिटी सफारीमा चढाएर अपहरण गरी लगेको भन्ने सूचना प्रहरीलाई बालिकाको परिवारले दिएको थियो ।

सूचनाका आधारमा बालिकालाई कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजको २६ नम्बर ढोकाको पुल माथिबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अपहरण गरेको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का जितुवा भन्ने जितेन्द्र साह ९हलुवाई०लाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको