काठमाडौँ रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकियो

काठमाडौँ, चैत २१ गते ।

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको काठमाडौँ रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीको जारी प्रतियोगितामा दोस्रो बराबरी हो ।

योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अङ्क बनाएका छन् । काठमाडौँले साविक विजेता ललितपुर सिटी एफसीसँग २–२ गोलको बराबरी खेलेको थियो । झापा भने बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो । प्रतियोगिताअन्तर्गत शुक्रबार एफसी चितवन र बुटवल लुम्बिनीबीच खेल हुनेछ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको