राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण

काठमाडौँ, पुस ४ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलले १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण गर्नुका साथै ओलम्पिक टर्च हस्तान्तरण गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गरिएको हो । १३औँ किन्डर ओलम्पिक यही पुस १२ देखि १५ गतेसम्म दशरथ रङ्गशालामा हुँदैछ ।

सो ओलम्पिकमा विभिन्न १२ खेलका खेलाडीबीच प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासङ्घले जनाएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको