तराई र मधेसमा कुहिरो

काठमाडौँ, पुस २७ गते ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई–मधेसका केही भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सुरकुहिरो रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यसैगरी, आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको