महोत्तरी : कार्यक्रम गर्दा अनुमति लिएर गर्न आग्रह

पब्लिक सन्देश
जनकपुर, माघ ४ गते ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै राजनीतिक सभा, सम्मेलन लगायतका कार्यक्रम आयोजना गर्दा अनुमति लिएर कार्यक्रम संचालन गर्न आग्रह गरेको छ ।

आईतवार महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलले एक सूचना जारी गर्दै जिल्लामा क्रियाशील राजनीतिक दल तथा दल निकट भातृ संगठनहरुबाट हुने सभा, सम्मेलन लगायतका कार्यक्रम आयोजना गर्दा अनुमति लिएर मात्र कार्यक्रम गर्न आग्रह गरिएको छ ।

जारी सूचनामा ‘आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचननको प्रकृया चरणवद्ध रुपमा अघि बढिरहेको सन्दर्भमा यस जिल्ला भित्र शान्ति सुरक्षा तथा अमन चयन कायम राख क्रियाशील राजनीतिक दल तथा दल निकट भातृ संगठनहरुबाट हुने राजनीतिक सभा, सम्मेलन लगायतका कार्यक्रम आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराई अनुमती लिई कार्यक्रम संचालन गर्नु अनुरोध गरिन्छ ।’
यस्तै सूचनामा राजनीतिक कार्यक्रममा जाने आउने क्रममा सरकारी सवारी साधन प्रयोग नगर्न नगराउन समेत सबैमा आग्रह गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको