महिला एफए कपको च्याम्पियन भयो चेल्सी

काठमाडौं, जेठ ५ गते ।

साविक विजेता म्यानचेस्टर युनाइटेडविरुद्ध ३(० को सहज जित निकाल्दै चेल्सी महिला एफए कपको च्याम्पियन बनेको छ ।

चेल्सी छैटौं पटक एफए कपको च्याम्पियन बनेको हो । वम्बेली रंगशालामा आइतबार राती सम्पन्न फाइनलमा चेल्सीलाई जित दिलाउन स्यान्डी बाल्टिमोरले दुई तथा क्याटरिना मकारियोले एक गोल गरेकी थिइन् ।

खेलको ४५औं मिनेटमा बाल्टिमोरको पेनाल्टी गोलमार्फत चेल्सीले अग्रता लिन सफल भएएको थियो भने ८४औं मिनेटमा मकारियोले टोलीको अग्रता दोब्बर बनाइन ।

अन्ततः इन्जुरी समयमा बाल्टिमोरले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई सहज जित दिलाइन् । यो सिजन चेल्सीको यो तेस्रो घरेलु उपाधि हो ।

यसअघि टोलीले महिला सुपर लिग र महिला लिग कपको उपाधिसमेत जितेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको