राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौँ, माघ १९ गते ।

राष्ट्रियसभाको आजको बैठकमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशलगायत तीन अध्यादेश, २०८२ सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले मतदाता नामावली अध्यादेशसहित प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ स्वीकृतका लागि प्रस्तुत गर्नुभएको थियो । प्रस्तावलाई अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ पेस गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।

सभाको अर्को बैठक यही माघ २३ गते शुक्रबार १ः१५ बजे बस्नेछ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको