जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह

काठमाडौँ, माघ २९ गते ।

आहारविद् तथा योग प्रशिक्षक डा राजु अधिकारीले जिब्रोको स्वादभन्दा शरीरलाई स्वस्थ बनाउने खानामा ध्यान दिन आग्रह गरिएको छ । उनले स्वादिष्ट भोजनभन्दा शरीरलाई तन्दुरुस्त बनाउने खानेकुरामा जोड दिनुमै सबैको हित रहेको बताए ।

समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रिय कर्मचारी सङ्घ, राससद्वारा केन्द्रीय कार्यालयमा आयोजित ‘सन्तुलित भोजन, स्वस्थ्य जीवन’ विषयक कार्यक्रममा डा. अधिकारीले स्वस्थ्य रहन सन्तुलित भोजन र स्वस्थ्य जीवनशैली अपनाउनुपर्ने सल्लाह दिए ।

उनले सकारात्मक भाव पैदा गर्ने खानामा दिन सबैले जोड दिन र खानाप्रतिको दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । डा अधिकारीले भन्नुभयो, “कम्तीमा दैनिक सात हजार पाइला हिँड्न आवश्यक छ । पत्रु खाना मात्र होइन, पत्रु जीवनशैली नै त्याग्नुपर्छ । ध्यान र योग स्वस्थ्य जीवनशैलीका लागि आवश्यक छ । विषादीजन्य खानेकुराले पार्ने नकारात्मक असरबारे सबै सचेत बन्नुपर्छ ।”

विषादी र प्रदूषणले आहारविहारमा असर पारेकाले योग, व्यायाम र सकारात्मक सोच नै स्वस्थ्यकर जीवनशैलीको मूलमन्त्र रहेकामा कार्यक्रममा चर्चा गरिएको थियो ।

सञ्चारकर्मीका लागि स्वजागरण

वार्षिकोत्सवकै अवसरमा रासस कर्मचारी युनियनले बुधबार ‘सञ्चारकर्मीका लागि स्वजागरण’ कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा जीवनविज्ञानका प्रशिक्षकहरू डा आरती रेग्मी र कलाकार निर्मला खड्काले स्वजागरण एवं ध्यानका विषयमा प्रस्तुतीकरण तथा अभ्यास गराउनुभएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको