रास्वपाको सचिवालयको बैठक सुरु

काठमाडौँ, जेठ १० गते । 
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालयको बैठक सुुरु भएको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीको सचिवालयको ‘भर्चुअल’ बैठक सुरु भएको जानकारी दिए । रास्वपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठकसमेत डाकेको छ ।
पार्टी सभापति रवि लामिछानेका विषयमा शुक्रबार सर्वोच्चको आदेशपछि रास्वपाले आज सचिवालय र केन्द्रीय समितिको बैठक डाकेको हो । सर्वोच्च अदालतले सभापति लामिछानेलाई थुनामा राख्न उच्च अदालत तुलसीपर बुटवल इजलासका आदेशलाइ सदर गरेको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको