लागूऔषध गाँजासहित दुई जना पक्राउ

पब्लिक सन्देश
गौशाला, जेठ १४ गते ।

महोत्तरी प्रहरीले बर्दिबासबाट ठूलो परिमाणमा गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास नगरपालका–१ स्थित बर्दीबास चोकबाट लुकाएर पूर्वतर्फ लग्दै गरेको ३० पोका गाँजा (कुल १ सय ५० केजी) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायउव उपरीक्षक शैलेन्द्र कुमार भट्टले बताए ।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट लागूऔषध नियन्त्रण ब्युरोसहित इलाकाका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले बा११च ३४९४ नम्बरको सेतो रंगको स्करपियो रोकी जाँच गर्दा पछाडिको सिटको तलपट्टि लुकाई–छिपाई राखिएको अवस्थामा गाँजा फेला पारेको प्रहरी नाउव उपरीक्षक भट्टले बताए ।

गाँजासहित स्करपियो चालक सर्लाहीको हरिवन–५, घुर्कौलाका ३५ वर्षीय लालबाबु साह र सोही गाडीमा सवार हरिवन–३ का २१ वर्षीय अभिषेक परियार र सवारीसाधनसमेत नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रनाउ भट्टले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको