गौशाला, चैत्र २६ गते ।
महोत्तरी सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पताल जलेश्वरको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा रोहित प्रसाद ठाकुर मनोनयन भएका छन् ।
मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रिस्तरको निर्णय अनुसार बुधबार प्रादेशिक अस्पताल जलेश्वरको अध्यक्षमा ठाकुरलाई मनोनयन गरिएको हो ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन कार्यविधि २०७९ को दफा ३ को उपदफा १ (क) बमोजिम ठाकुरलाई प्रादेशिक अस्पताल जलेश्वरको अध्यक्षमा मनोनयन गरिएको हो । अध्यक्ष पदमा मनोनित लगतै ठाकुरले पदभार सम्हालेका छन् ।








