अनिवार्य श्रम गर्नेलाई नि:शुल्क स्वास्थ्य सेवा

काठमाडौं, वैशाख १ गते ।

सरकारले अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवाको नीति लागू गरिने प्रतिबद्धता जनाएको छ ।

मंगलवार सार्वजनिक राष्ट्रिय प्रतिबद्धताको मस्यौदामा श्रम संस्कृतिलाई प्राथमिकतामा राखिएको पाइएको छ । ‘अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवाको नीति लागू गरिनेछ,’ प्रतिबद्धताको मस्यौदामा भनिएको छ ।

सरकारले आगामी २०८८ सालसम्म स्वास्थ्य क्षेत्रको बजेट ८ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । ज्येष्ठ नागरिक तथा अशक्त नागरिकको घरदैलोमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने प्रतिबद्धता पनि जनाएको छ । ‘गरिब, मजदुर, किसान, अपांगता जस्ताका लागि बिमा या निशुल्क उपचार गरिनेछ,’ सरकारको थप प्रतिबद्धता छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको