पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको सस्तियो

पब्लिक सन्देश
गौशाला, जेठ १७ गते ।

नेपाल आयल निगमलेले शनिबार रातीदेखि लागू हुनेगरी पेट्रोल र डिजेल-मट्टितेलको खुद्रा बिक्री मूल्य बढाएको र हवाई इन्धन सस्तो बनाएको छ।

शनिबार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २.११ ले र डिजेलमा १.०९ ले मूल्य वृद्धि भएको निगमले जनाएको छ । यस्तै, हवाई इन्धनको खरिद मूल्य भने प्रतिलिटर २.५७ ले घटेको छ ।

यससँगै निगम सञ्चालक समितिको निर्णय अनुसार आजराति १२ः०१ बजेदेखि लागु हुने गरी पेट्रोलको बिक्री मूल्य प्रतिलिटर २.०० ले र डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर १०.०० ले वृद्धि गरिएको हो । यससँगै काठमाडौँमा अब पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेलको १४३ रुपैयाँ कायम भएको छ ।

यसैगरी हवाई इन्धनको आन्तरिक उडानतर्फको मूल्य प्रतिलिटर ३.०० ले घटाइएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर २२ ले घटाइएको छ । पोखरा र भैरहवाका लागि भने हवाई इन्धन अन्तर्राष्ट्रिय उडान मूल्य ‘ब्रेक इभेन पोइन्ट’ मा राखिएको निगमले जनाएको छ ।

यस्तै, एलपी ग्यास (खाना पकाउने ग्यास) को खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको