काठमाडौं, वैशाख १६ गते ।
नेपाली सेनाका तीन सहायक रथी उपरथीमा बढुवा भएका छन् ।
बढुवा हुनेहरूमा प्राविधि सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र सहायक रथी शक्तिजंग बस्नेत छन् । उनीहरुलाई १० वैशाखको मन्त्रीपरिषद् बैठकले उपरथीमा बढुवा गर्ने निर्ण भएको थियो ।
प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरे । रासस








