छैटाैँ शताब्दीमा स्थापना भएको विश्वास गरिने पाँचथरको कुम्मायक गाउँपालिकास्थित कुम्मायक माङहिम (मन्दिर)मा पूजाअर्चना सकेर कुस्सायक माङहिमतर्फ जाँदै झाँकीसहितको पूजा टोली । यहाँ बुधबारदेखि ऐतिहासिक त्रिसाली मेला लागिरहेको छ । यो मेला नवौँ शताब्दीदेखि लाग्दै आएको विश्वास गरिन्छ । तस्वीर : रासस