हुम्ला, जेठ १० गते ।
हुम्लाको चंखेली गाउँपालिका–५ स्थित डाँफे आधारभूत विद्यालयका बालबालिका सामुदायिक भवनमा पढ्न बाध्य भएका छन।
गत ५ जेठ रातिको हावाहुरीसँगै परेको पानीपछि आएको बाढीले विद्यालयको २ वटा भवन भत्काएको थियो ।
भवनमा क्षति पुगेपछि सो विद्यालयका ८० जना बालबालिकालाई गाउँकै सामुदायिक भवनमा पढ्ने व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक बली तामाङले जानकारी दिए।
बाढीका कारण विद्यालयमा रहेका सात कम्प्युटर, दुई थान ल्यापटप सहित फर्निचरमा क्षति पुगेको थियो ।








