जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा

काठमाडौँ, असार १२ गते ।

विश्वकप फुटबलअन्तर्गत आज बिहान भएको जापान र स्विडेनबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ ।

यससँगै दुवै टोलीे नकआउट चरणमा प्रवेश गरेका छन् । खेलको ५६औँ मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाएका थिए ।

प्रतिस्पर्धां प्रारम्भ भएको ६२ औँ मिनेटमा स्वीडेनका एन्थोनी एलान्गाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन् । जापान ५ र स्वीडेन ४ अङ्कसहित नकआउट चरणमा प्रवेश गरेको हो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको