काठमाडौं, असार १५ गते ।
सोमबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ तथा चाँदी १५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
एक साताको अवधिमा सुनको भाउ ६ हजार ३ सय रुपैयाँ घटेको छ । गत सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेसँगै ४ हजार ३१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ४ हजार ३२५ रुपैयाँ थियो भने गत सोमबार ४ हजार ७३० रुपैयाँ थियो ।








