रास्वपाका तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन

काठमाडौँ, असार १७ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ । प्रथम राष्ट्रिय महाधिवेशनपछि आज भएको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन, लेखा र अनुसशान आयोगमा पदाधिकारी मनोनयन गरेको हो ।

केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई जिम्मेवारी दिइएको बैठकपछि महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनीत गरेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको