निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि दुई अर्ब

काठमाडौँ, असार १८ गते ।

पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा निर्वाचन क्षेत्र रणनीतिक सडकका अधुरा योजनाका लागि रु दुई अर्ब बजेट छुट्टाएको छ ।

मन्त्रालयले हालसालै सार्वजनिक गरेको आगामी आवको लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत अधुरा ३९ जिल्लाका निर्वाचन क्षेत्र रणनीतिक योजनाअन्तर्गत लागि बजेट विनियोजन गरेको हो ।

मन्त्रालयले निर्वाचन क्षेत्र रणनैतिक सडकका लागि आवश्यकताका आधारमा बजेट छुट्टाएको छ । कञ्जनपुर जिल्लामा रहेको निर्वाचन क्षेत्र रणनीतिक सडकको अधुरो कामका लागि १४ करोड ५० लाख बजेट छुट्टाएको छ । अछाम जिल्लाका अधुरा सडकका लागि १० करोड बजेट विनियोजन गरेको छ । मकवानपुरको अधुरो सडकका लागि ११ करोड ५० लाख विनियोजन गरेको छ ।

मोरङको सडकको लागि १३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । मन्त्रालयले निर्वाचन रणनीतिक सडकका अधुरा योजना सम्पन्न गर्नका लागि न्यूनतम ३० लाखदेखि १४ करोड ३० लाख रकमसम्म विनियोजन गरेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको